समाचार

सगरमाथाको उत्तरतर्फ चीन रहेकोले उचाई मापनमा सहकार्य गर्‍यौं : परराष्ट्रमन्त्री ज्ञवाली

Pradeep Kumar Gyawali

२३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उत्तरतर्फ चीन रहेकोले सगरमाथाको उचाई मापनको काम नेपाल र चीनका प्राविधिकहरुले संयुक्त रुपमा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सगरमाथाको उचाई सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले चिनियाँ प्राविधिक टोलीसँग सहकार्य गरेर सर्वस्वीकार्य रुपमा सगरमाथाको उचाई सार्वजनिक गरिएको बताए ।

उत्तरका हिमालहरु नेपाल चीन मित्रताका प्रतिक रहेकाले पनि संयुक्त रुपमा मापन गरिएको उनले बताए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय हितका साथै हिमाली क्षेत्रको पर्यावरण कसरी जोगाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको जानकारी दिए ।

हिमालहरु हिँउ बिनाको पहाड हुने हो कि भन्ने चिन्ता लागेको बताउँदै जलवायु परिवर्तनको असर र त्यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको उल्लेख गरे । उनले नेपाली प्राविधिकहरुले आफ्नै स्रोत र साधन प्रयोग गरी सगरमाथाको उचाई मापन गरेर नेपालीको शीर उचोँ बनाएको भन्दै धन्यवाद समेत दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस