
२३ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृतिमा एमडी, एमएस र एमडीएस अध्ययन गरेका चिकित्सकलाई तोकिएको ठाउँमा पाँच दिनभित्र जान निर्देशन दिएको छ ।
मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अध्ययन संस्थानमा अध्ययन गरी कबुलियतनामा लिएका चिकित्सकलाई तोकिएको ठाउँमा जान निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले खटाइएको सरकारी अस्पतालमा हाजिर नभए कारबाही अगाडि गर्ने चेतावनी दिएको छ । समयमै हाजिर नभए सरकारका तर्फबाट लगानी असुल उपर गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएका छ ।
छात्रवृति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६(१) को प्रावधान अनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध, काठमाडौं, त्रिवि शिक्षण अध्ययन संस्थान (आइओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडिरएमएसरएमडिएस मा अध्ययन गरि मन्त्रालयले सरकारी अस्पतालमा खटाईएको अस्पतालमा ५ दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो ।