२४ मंसिर, काठमाडौं । चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० खास रह्यो । हालै रिजिल नयाँ एल्बम ‘रेअ’ को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छिन् ।
अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यानलमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छिन् । यसबाहेक उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ । हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ ।
सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन् । अहिले सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन् । अहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरु उत्साहित छन् । अन्नपूर्ण पोस्टमा यो सामग्री छापिएको छ ।
प्रतिक्रिया दिनुहोस