समाचार

सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझाः मुख्यमन्त्री राई

Sherdhan Rai

२४ मंसिर, उदयपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन् ।

मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न ।”

उनले सङ्घीयता सबै नेपालीको भएको कारण सबै जातजाति मिलेर तेरो, मेरो नभनी अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए । सङ्घीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उनको भनाइ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *