समाचार

बैतडीमा अनौठो शिशु जन्मिए, छैनन् मुख्य अंगहरु

baby born in baitadi

२४ मंसिर, बैतडी । बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन् ।

जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्वार, नाक र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन । ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था भने सामान्य छ ।

बच्चाको मलद्धार, माथिल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्लाहरु पलाएका छन् । आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ ।

सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस