
२४ मंसिर, काठमाडौं । बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ । मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० कायम भएको हो । यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको छ । मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० मा कारोबार भएको थियो। आज ९२ हजार ९५० तोकिएको छ।
त्यस्तै बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस