समाचार

जनतालाई निराश हुन नदिन सरकार लागिपरेको छः सञ्चारमन्त्री

parbat gurung

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्ने कार्यमा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले जनतालाई निराश हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमासहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ/सहयोग रहिरहने विश्वास व्यक्त गरे ।

७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।

मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे । उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस