समाचार

कम्युनिस्ट पार्टीका संस्थापक गौतमको निधनमा प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

kp oli

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका संस्थापक मणिकलाल गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार एक शोक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता समेत रहेका गौतमको निधनबाट आफु दुखित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले दिवंगत गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विशेषगरी दाङ क्षेत्रमा पार्टी स्थापनादेखि नै लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रुपमा उनले पुर्याएको योगदान अविस्मरणीय रहने बताउँदै प्रधानमन्त्री ओलीले न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा उनले स्थापित गरेको निष्ठा र समपर्णप्रति सम्मान व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *