समाचार

९ महिनादेखि बन्द चिडियाखाना भोलिदेखि खुल्ने

central zoo

काठमाडौं । गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने हुनाले अवलोकनकर्तालाई पहिले भन्दा कडाइ महसुस हुन सक्छ । ‘हामीले सकेसम्म भिडभाड नहुने र सुरक्षित हिसाबले चिडियाखानाको अवलोकन गर्ने व्यवस्था मिलाएका छौं, त्यसले गर्दा पहिलेभन्दा चिडियाखानाभित्र केही कडाइ पनि हुन्छ’ पोखरेलले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस