समाचार

तेह्र वर्षपछि हत्या अभियोगमा महिला पक्राउ

arrest

२४ मंसिर, काठमाडौं । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी  थिइन् ।

जिल्ला अदालतले नौ वर्ष छ महिला २१ दिन कैद सजाय तोकेको समयदेखि नै फरार रहँदै वैदेशिक रोजगारमा गएको र उक्त स्थानबाट आएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार महिलालाई जिल्ला अदालत लगेर आज नै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *