विश्व/प्रवास

घानामा निर्वाचनको क्रममा हिंसा, ५ जनाको मृत्यु

ghana election

२४ मंसिर, काठमाडौं । घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइते समेत भएको जनाएका छन् ।

“देशभरी निर्वाचनसँग सम्वन्धीत ६१ ओटा घटना भएको विवरणहरु हामीलाई प्राप्त भएका छन्,” प्रहरी कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो ।

कुल घटना मध्ये ६ ओटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । कडा प्रतिश्पर्धा देखिएको राष्ट्रपतिय निर्वाचनको नतिजा पुष्टि हुनु अगाडि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो ।

निर्वाचन आयोगले देशका १६ क्षेत्र मध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार विपक्षी तर्फका उम्मेदबार जोन महामा थोरै मतान्तरले अगाडि हुनुहुन्छ भने बर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछाडि पर्नु भएको छ ।

गत सोमबार भएको राष्ट्रपतिय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निश्पक्ष नै भएको मानिएको छ । तर पछिल्लो समयमा निर्वाचनको निश्पक्षता माथि प्रश्न उठाउन थालिएको छ । घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको थियो ।

मुलुकभरका २९ हजार मतदान केन्द्रहरुमा बिहान ०७ः०० बजेदेखि नै मतदानको व्यवस्था गरिएको थियो । स्थानीय समयानुसार बेलुकी पाँच बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरुको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख गरिएको छ । –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस