समाचार

बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना

parwat gurung

२४ मंसिर, काठमाडौं । काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बोर्डको कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहत रहने गरी गठन भएको बोर्डमा अध्यक्ष सहित ९ जना सदस्य रहने व्यवस्था छ । बोर्डको अध्यक्ष भने खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने व्यवस्था छ । साथै बोर्डका सदस्यमा गृह मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव पनि रहने व्यवस्था रहेको छ ।

विज्ञापन बोर्ड नेपाली सञ्चार क्षेत्रमा रहेको विज्ञापन बजारको नीति निर्माण अनुगमन र नियमन गर्न गठन गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *