
२५ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस