अर्थनीति

नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री खुला

nagrik lagani kosh

२५ मंसिर, काठमाडौं । नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर मंसिर २५ गतेदेखि लिलामी बिक्री गर्दैछ । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९ सय रुपैयाँभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन पाउनेछन् । लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिद गर्न पाउनेछन् ।

लिलामी शेयरमा पुस २ गतेसम्म आवेदन गर्न सकिनेछ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *