
२५ मंसिर, काठमाडौं । भारतका शीर्ष व्यापारी मुकेश अम्बानी र उनकी पत्नी निता अम्बानी हजुरबुवा, हजुरआमा बनेका छन् । उनका छोरा आकाश अम्बानीकी पत्नी श्लोकाले बिहीबार बिहान ११ बजे छोरालाई जन्म दिएकी हुन् । आकाश र श्लोकाको विवाह ९ मार्च २०१९ मा भएको थियो ।
गत वर्ष मुकेश अम्बानीको कम्पनी रिलायन्सले करिब ६२० करोड रुपैयाँमा बेलायती खेलौना ब्राण्ड हेमलेज ग्लोबल होल्डिङ्स लि. किनेको थियो । त्यतिबेला सामाजिक संजालमा मुकेशले आफ्नो घरमा आउने नयाँ पाहुनाको लागि पहिलेदेखि नै खेलौना जम्मा गरेको भन्दै ठट्टा गरिएको थियो ।
आकाश र श्लोका स्कुलदेखिका साथी हुन् । दुवैले धीरुभाइ अम्बानी इन्टरनेशनल स्कुलमा पढेका हुन् । श्लोकाले लण्डनमा स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट कानुनमा डिग्री गरेकी छिन् । श्लोका सामाजिक कार्यकर्ता पनि हुन् । श्लोकाले २०१५ मा कनेक्ट फर नामको सामाजिक संस्था खोलेकी थिइन् ।