विजनेश

जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग

jagdamba cement donation

२५ मंसिर, काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले विपन्न विद्यार्थीको शिक्षामा सहयोग गरेको छ ।

जगदम्बा योगदान अन्तर्गत रहेर कम्पनीले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो । यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो ।

जगदम्बा सिमेन्टले विभिन्न उपभोक्तामुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । यसैक्रममा जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष, जगदम्बा जागरण, जगदम्बा आरोहण पनि गरेको छ । जगदम्बा सिमेन्टका चिफ फाइनान्स तथा पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीका बरिष्ठ व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता ब्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस