सूचना प्रविधि

गूगल २०२० : विश्वमा सबैभन्दा धेरै के सर्च भयो ?

google

२५ मंसिर, काठमाडौं । विश्वको सबैभन्दा धेरै लोकप्रिय सर्च इन्जिन गुगलले यो वर्षको ‘इअर इन सर्च’ जारी गरेको छ ।

जसमा यो वर्ष सबैभन्दा धेरै इन्टरनेटमा के खोजियो भन्ने कुरा पनि गुगलले बताएको छ । ग्लोबल मार्केटमा कोरोना भाइरस सबैभन्दा धेरै सर्च भएको छ । त्यसपछि सबैभन्दा धेरै चुनाव नतिजा ‘Kobe Bryant’, ‘Zoom’ र आईपीएल सर्च गरिएको छ ।

न्युज इभेन्टको हकमा लिडिङ ट्रेन्डमा कोरोनाभाइरस, इलेक्सन रिजल्ट, ईरान, बेरुत र हान्ताभाइरस रहे । कलाकारहरूमा भने टम हन्क्स, ज्याक्विन फोनिक्स, अमिताभ बच्चन, रिकी गर्भाइस र जाडा पिन्केट स्मिथ शीर्ष स्थानमा छन् ।

त्यस्तै सर्वाधिक सर्च भएका खेलहरूमा अमोङ्ग अस, फल गाइज: अल्टिमेट नकआउट, भालोरान्ट, गेन्सिन इम्प्याक्ट र दी लास्ट अस २ परेका छन् । यो वर्ष धेरै चर्चित व्यक्तिको मृत्यु भयो त कोही मृत्युका कारण चर्चामा रहे । तर गुगलमा सर्वाधिक सर्च भएका मानिस सूचीमा कोबे ब्रायन्ट, नाया रिभेरा, चाड्विक बोसेम्यान, सुशान्तसिंह राजपुत र जर्ज फ्लोएड शीर्ष स्थानमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस