बैँक / वित्त

माछापुच्छ्रे बैंकले ल्यायो ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

machha MBL

२५ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङजाको पुतलिबजार न.पा.–१२ पेल्काचौर, कपिलबस्तुको शिवराज न.पा.–०१ शिवपुर, कपिलबस्तुकै बुद्धभूमि न.पा.–०९ बिजगौरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, कन्चनपुर बेलौरी न. पा.–०३ गोकुलपुर, दार्चुलाको व्यास गा.पा.–०६ हुटी र जिल्लाकै मलिकार्जुन गा.पा.–०६ उकुमामा गरी ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामिण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवाहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस