
२५ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पूरा गरेका कृषकहरुलाई परियोजनाको विशलेषण गरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि बैंकले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।
कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।