समाचार

प्रदेश नं १ मा १७५ कोरोना सङ्क्रमित थपिए

covid 19

२५ मंसिर, मोरङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित  १७५ कोरोना सङक्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई/दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक/एक तथा प्रदेश  बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने आज ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन् । सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस