विश्व/प्रवास

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

malala

२५ मंसिर, काठमाडौं । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ ।

महिला पत्रकार  मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो ।

आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस