समाचार

सुदूरपश्चिममा दुई दिनमा थपिए २६९ जना कोराना संक्रमित

covid 19 swab test

२५ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ९६२ जनाको नमूना परीक्षण गरिदा २६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेलधुरा र डोटी जिल्लाका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । दुई दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल सङ्क्रमित १२ हजार १४४ पुगेका छन् । उपचार व्यवस्थापनपछि नौ हजार ९४१ जना डिस्चार्ज हुनुभएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका ६५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ४३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २३ हजार २२२ को नमूना सङ्कलन गरिएकोमा एक लाख २२ हजार ६६४ को परीक्षण गरिएको छ । परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को चार दबमलब ८० प्रतिशत हुन आउछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस