समाचार

भक्तपुरको चाँगुनारायणमा एक महिला मृत फेला

Death Body

२६ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन्।

काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनका अनुसार शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको बताए ।

काठमाडौंमा मजदुरी काम गर्दै आएकी अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी सँग घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *