समाचार

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Death Body

२६ मंसिर, बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस