विश्व/प्रवास

टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान

person of the year time

२६ मंसिर, काठमाडौं । अमेरिकाको टाइम म्यागेजिनले २०२० वर्ष व्यक्तिको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन र उपराष्ट्रपतिमा विजयी हमला ह्यारिस संयुुक्त रुपमा वर्ष व्यक्ति घोषणा भएका छन् ।

आफ्नो कभर पेजमा यी दुुईको फोटोसँगै टाइमले छ,‘अमेरिकाको बदलिदो कथा’ । १९२७ देखि टाइम म्यागेजिनले पर्सन अफ द इयर चयन गर्दै आइसकेको छ । यसपटक वर्ष व्यक्तिको दौडमा अमेरिकी चिकित्सा–विज्ञ डाक्टर एन्थोनी फाउची, रेसियल जस्टिस मुुभमेन्ट र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश थियो ।

गत महिना भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले हराएका थिए । अमेरिकाका सबै ५० राज्यले चुनावी नतिजालाई प्रमाणिकरण गरिसकेका छन् र जो बाइडेनको जित सुुनिश्चित भइसकेको छ । उनले २० जनवरीमा पदको सपथ लिनेछन् । यद्यपी, ट्रम्पले हार स्वीकारेका छैनन् । राज्यको नतिजा उल्ट्याउन नसकेपछि उनले सर्वोच्च अदालतको ढोका ढक्ढक्याइरहेका छन् ।

परिवर्तन ल्याउने श्रेय 
टाइम म्यागेजिनले जो बाइडेन र कमला ह्यारिस दुुबैले अमेरिकी इतिहासमा परिवर्तन ल्याएका कारण राजनीतिक क्याटागोरीबाट यो सम्मान दिइएको जनाएको छ । टाइमका प्रधानसम्पादक एडवर्ड फेल्सेन्थलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाइडेन र कमला ह्यारिसले अमेरिकी इतिहास बदल्ने कोसिस गरेका छन् । मानिसहरुलाई विभाजन गर्नभन्दा उनीहरुप्रति सद्भावन प्रकट गर्नमा बढी ताकत हुन्छ भन्ने उनीहरुले देखाएका छन् । दुुबैले दुखमा डुुबेको संसारको घाउमा मल्हम लगाउने भिजन पेश गरेका छन् ।’

राष्ट्रपतिमा निर्वाचित भएका व्यक्तिले टाइम वर्ष व्यक्तिको उपाधि जितेको यो पहिलोपटक भने होइन । यसअघि २०१६मा डोनाल्ड ट्रम्प, २००८ मा बाराक ओबामाले पनि यो उपाधि जितेका थिए । पूर्व राष्ट्रपति जर्ज डब्ल्युु बुस दुुईपटक टाइम वर्ष व्यक्तित्व घोषित भएका थिए । गत वर्ष अर्थात् २०१९ मा जलवायुु परिवर्तनकी स्विडिस अभियन्ता ग्रेटा थनवर्गले यो सम्मान प्राप्त गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस