समाचार

वीर अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु

bir hospital

२६ मंसिर, काठमाडौं । वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा दिन शुरु गरेको छ । अस्पतालले कोभिड र ‘नन्–कोभिड’ बिरामीलाई स्वास्थ्य सेवा दिन शुरु गरेको कुरा सूचना जारी गरी खुलाएको हो ।

अस्पतालले कोभिड १९ बाट संक्रमित भएका तथा नभएका सबै बिरामीलाई सामान्य तथा विशेषज्ञ सेवाहरु बुधवाररदेखि प्रदान गरेको अस्पतालका निर्देशक डा.केदार प्रसाद सेन्चुरीले बताएका छन् ।

अस्पतालद्वारा जारी सूचनामा ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्य ननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ’ भनिएको छ ।

bir hospital notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस