२६ मंसिर, काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंको स्वयम्भूबाट ५ जना पक्राउ गरेको छ ।
अपराध महाशाखाबाट खटिएको टोलीले बिहीआर काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य, ३९ वर्षका अनिल श्रेष्ठ, नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङलाई पक्राउ गरेको हो ।
गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्री गर्न कोठामा राखिराखेको अवस्थामा गैंडाको खाग बरामद गरेको थियो ।
पक्राउ परेका व्यक्ति र बरामद गैंडाको खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस