समाचार

सवारी दुर्घटनामा मृत्यु हुने अधिकांश पुरुष

bead body tag

२६ मंसिर, काठमाडौं । जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतसाउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ३३ पुरुष, तीन  महिला, एक बालक र तीन बालिका रहेका छन् । एक सय २३ गम्भीर घाइते र १४० सामान्य घाइते भएका छन् ।

दुर्घटनामा १८३ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा वढी १२० मोटरसाइकल रहेका छन् । यस्तै ट्रकटेङ्कर ४४, जिप कार २९, टेम्पो १३, बस १२, ट्याङ्कर नौ, शरीरिक शक्तिबाट चल्ने नौ, ट्रिपर तीन र अन्य एउटा रहेको कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पर्नेमा २५ देखि ३६ वर्ष उमेर समूहका बढी रहेका छन् ।

पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको उनले बताए । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उनको भनाइ छ । गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा १०७ को मृत्यु भएको थियो । सो समयमा २६१ दुर्घटनामा ४२१ सवारी साधन परेको कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस