समाचार

झापामा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

road accident

२६ मंसिर, झापा । झापाको कमल गाउँपालिका–७, गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते हुनु भएका दमक–९ का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । उनको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे १ च ६४९७ नम्बरको पिकअप भेन बिहान चक्का फुस्केर दुर्घटना भएको थियो । दुर्घटनामा परेर दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते भएको पण्डितले बताए ।

घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न भेन चालक दमक–६का २० वर्षीय रोहन यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस