समाचार

‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

chief minister sherdhan rai

२६ मंसिर, इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने ।

उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए । सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस