राजनीति

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

kp Oli and sher bahadur Deuba

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझा ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक आगामी मंसिर २८ गतेको लागि बोलाएको सन्दर्भमा सोही विषयमा छलफलका लागि भेटवार्ता भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

भेटका क्रममा ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।पार्टीभित्रको विवादका कारण नियुक्तिहरुमा पार्टीभित्रबाटै असहयोग हुन सक्ने भन्दै ओलीले देउवाको साथ खोजेको बताइएको छ ।

आजको छलफलमा देउवाले ओलीको आग्रहमाथि पार्टीभित्र थप छलफल गरेर आफू निष्कर्षमा पुग्ने बताएका थिए । शनिबार काँग्रेसले केन्द्रीय समिति बोलाएको र यसबारे छलफल हुने काँग्रेस स्रोतको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस