
२६ मंसिर, काठमाडौं । राजधानीको कलंकीमा शुक्रबार साँझ भयानक दुर्घटना भएको छ । नागढुंगा तर्फबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४२० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलंकी चोक नजिकै तीव्र गतिको ट्रक ब्रेक फेल भएर घर भित्र पसेको छ भने सो ट्रकले किचेर १ को मृत्यु र ६ जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको कार्कीले बताए । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यस्तै ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको कार्कीले बताए । दुर्घटना कलंकीस्थित कालिका पम्प नजिकै भएको हो ।
प्रतिक्रिया दिनुहोस