समाचार

संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय पुरस्कार स्थापना

international nepal

२७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ ।

संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को प्रायोजनमा ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, साहित्य एवं संस्कृतिका क्षेत्रमा योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिने अनेसासले जनाएको छ ।

पुरस्कारको राशि एक हजार एक अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीले जानकारी दिएको छ । पुरस्कार हरेक दुई दुई वर्षमा विशेष समारोह आयोजना गरेर प्रदान गरिनेछ । पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीनजना सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वलाई अग्राधिकार प्रदान गरिने अनेसासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस