
२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस