समाचार

नेपाली सेनाका अधिकृतलाई बेलायतमा अन्तर्राष्ट्रिय सम्मान

nepali sainik

२७ मंसिर, काठमाडौं । नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तर्राष्ट्रिय सम्मान दिइएको छ ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापालाई बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तर्राष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।

हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि  दिइने तालीममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन् । नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेण्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालीममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए ।

सो सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालीम दिने प्रशिक्षकका रुपमा समेत योग्य भएका छन् । उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस