समाचार

हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थः विमलेन्द्र निधि

bimalendra nidhi

२७ मंसिर, भक्तपुर । काँग्रेस उपसभापति विमलेन्द्र निधिले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेको भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको समेत बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्न लागेको विश्वकै अग्लो त्रिशुलको शिलान्याश कार्यक्रममा निधिले यस्तो बताएका हुन् ।

स्थानीय त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने बताइएको छ ।

नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस