समाचार

सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो

covid 19

२८ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन । परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ । दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ ।

दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए । ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुप¥यो नि ।’

कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए । उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए ।

‘सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ, अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै ।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस