
२८ मंसिर, काठमाडौं । गायक शिव परियारको स्वर र संगीत रहेको गीत ‘तिमीले पो सक्यौ त’ भिडियोसहित सार्वजनिक भएको छ । गीतमा प्रेमीकाको यादमा व्यक्त गरेको शब्दहरु समेटिएका छन् ।
संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको गीतमा गोपाल रसाइलीको संगीतसंयोजन रहेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री स्वस्तिमा खड्को समेत अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायाँकन र धमला विकासको सम्पादन रहेको छ । भिडियो गायक परियार आफैंले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस