विश्व/प्रवास

काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, २ जनाको मृत्यु

afghanistan bomb attack

२८ मंसिर, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो । यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताउनु भएको छ । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो ।

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहनु भएको थिएन । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।  गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस