
२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
यसअघि पार्टी कार्यालय धुम्बाराहीमा तय भएको भएपनि आज विहान मात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहभागी हुने भएपछि बैठक बालुवाटार सारिएको थियो । ओलीको स्वास्थ्यलाई कारण देखाएर बैठक बालुवाटार सारिएको हो ।
सुरु भएको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । बालुवाटारमा सुरु भएको बैठकले पार्टीभित्र देखिएको समस्याको निकास खोज्ने बताइएको छ । नेकपा भित्र हाल दुई अध्यक्षका प्रतिवेदनलाई लिएर विवाद भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस