अर्थनीति

पेट्रोलियम पदार्थको मूल्य बढ्‍यो

petrol pump

२८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मटितेलको मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको हो ।

नयाँ मूल्यसुूची अनुसार, पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर एक सय आठ रुपैयाँ रहेको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ९१ रुपैयाँ रहेको निगमले जनाएको छ ।

डिसेम्बर १ तारिखमा आईओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको हुँदा स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस