समाचार

बहुमूल्य जडिबुटी यार्सागुम्बासहित गोकर्णेश्वरबाट ४ जना पक्राउ

arrested with yersa gumba

२८ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट बहुमूल्य जडिबुटी यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।

उनीहरूबाट प्रहरीले ८ सय ६७ ग्राम यार्सागुम्बा बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तिसार नक्सालमा पठाइएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस