
२८ मंसिर, कैलाली । धनगढीमा एकैदिन दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा धनगढी उपमहानगरपालिका-१ की ५५ वर्षीया महिला र गोदावरी नगरपालिका-१ की ७५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी महिलामा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह रोगबाट पीडित उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
त्यस्तै, गोदावरीकी ७५ वर्षीया महिलामा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
याेसहित कोरोना संक्रमणको कारण सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस