समाचार

पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुन्छः सभामुख सापकोटा

agni sapkota

२८ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् ।

आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् ।

सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए । उनले भने– ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अब पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’

कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए । उनले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैबरी रोकेर बस्न नहुने बताए । कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने बताए । उनले अहिलेसम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए ।कोभिड कै कारण संसद बैठक बीचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताइन् । संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको बताइन् ।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बीचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *