
२८ मंसिर, काठमाडौं । हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटक फूल चार्ज गरेपछि १३० किलोमिटर (कि.मि.) गुड्ने ‘निम–जी’ ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ । उक्त ईलेक्ट्रिक अटोलाई केरला अटोमोवाइल्स लिमिटेडले भारतमा निर्माण गरेको हो ।
कम्पनीले आइतबार राजधानीमा एक समारोहको आयोजना गर्दै निम–जी ईलेक्ट्रिक अटो सार्वजनकि गरेको छ । निम–जी सार्वजनिक गर्दै कम्पनीका चेयरम्यान धुर्व थापाले पहिलो पटक नेपालमा ग्रामीण परिवेश सुहाउँदो उत्कृष्ट र पावरफूल ईलेक्ट्रिक अटो आएको बताए । यस अटोले पर्यावरिणीय सन्तुलनमा निकै लाभदायी हुनुका साथै फ्यूल खर्चमा समेत मितवियी रहको थापाको भनाई छ ।
त्यसो त उक्त इलेक्ट्रिक अटोको खर्च प्रतिकिलोमिटर ७५ पैसा मात्र पर्ने कम्पनीको दाबी छ । ३ घण्टा ५५ मिनटमा फूलचार्ज हुने निम–जीको व्याट्रिमा कम्पनी ३ वर्ष वा १५ सय लाइफ साईकलको वारेन्टी दिएको छ भने केहि समय पछि थप ८ वर्षको वारेन्टी दिने तयारी गरेको बताएको छ ।
सोही अटो बारे थप प्रकाश पार्दै केरेला अटोमोवाइल्सको तर्फबाट आएका प्रतिनिधि फरोज खानले अब निकट भविष्यमै निम–जीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिने गरी तयारी थालिएको जानकारी दिए । हाल निम–जी नेपाली बजार मूल्य ८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।