सूचना प्रविधि

एनसेलले सानिमा बैंकका ग्राहकलाई निःशुल्क सिम कार्ड र निःशुल्क इन्टरनेट प्याकेज दिने

Ncell tie up with sanima

२८ मंसिर, काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटाबीच बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटाको तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीलाई तीनसय बराबरको डाटा तथा भ्वाइस सेवसहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्ने जनाइएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ । सानिमा बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस