
२८ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षण बाट थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशाला बाट गरिएको परिक्षणमा ४१ ,डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ६,बझाङ्ग ७ र कमलबजार प्रयोगशालाबाट गरिएको परिक्षण बाट १५ गरी ६९ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
कोरोना पुष्टि हुनेमा कैलाली का २७, कंचनपुरका ८,अछामका १५,बझाङ्ग का ७, डडेल्धुराका १, डोटीका ११ रहेको उनले बताए । हाल सम्म १ लाख २४हजार ५स्वाबको नमुना जाच गरिएकोमा १२ हजार ३७८कोरोना संक्रमण फेला परेको उनले बताए ।
१ लाख ११ हजार ६२७ स्वाब नमुनाको नतिजा नेगेटिभ आई सकेको उनको भनाई छ । अझै ६ सय ४१ नमुना संकलन भएका नतिजाको रिजल्ट आउन बाकी रहेको कार्की ले बताए ।
प्रतिक्रिया दिनुहोस