
२९ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १(२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
यस्तै, राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस