खेलकुद समाचार

रोनाल्डोको नाममा अर्को कीर्तिमान

Cristiano Ronaldo

२९ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जित्ने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् ।

युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । यसअघि पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए पनि स्टेफानो स्टुरारोले बराबरी गोल फर्काएका थिए ।

यसअघि, प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग बिताएका उनी सन् २०१८ मा इटाली आइपुगेका हुन् । रोनाल्डोभन्दा पछि लियोनेल मेस्सीले ३६५ खेल जितेका छन् भने रोनाल्डोका समकक्षी लियान लुइजी बुफोनले ३५० खेल जितेका छन् ।

आइतबारको खेल युभेन्टसका लागि रोनाल्डोको १ सयौँ खेल पनि थियो । उनले हालसम्म ७७ गोल गरेका छन् । युभेन्टसका लागि पहिलो १ सय खेलमा ओमाल सिभोरी (८४) र फेलिस बोरेल (८०) ले मात्र बढी गोल गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस