
२९ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० गोलअन्तरको जित निकालेको हो । खेलको ७६ औँ मिनेटमा लियोनल मेस्सीले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
जितपछि ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना आठौँ स्थानमा उक्लिएको छ भने १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औँ स्थानमा छ । आइतबार राति भएका अन्य खेलमा ग्रानाडाले एल्चीलाई १–० ले पराजित गर्दा रियल सोसिडाड र एइबर तथा रियल बेटिस र भिल्लारियलले समान १–१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस